काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा नेपाली कांग्रेसका सभापति गगन थापा सहभागी हुने भएका छन् ।
सभापति थापा महाधिवेशनको उद्घाटनसत्रमा उपस्थित हुन जहाजबाट चितवनतर्फप्रस्थान गरेका छन् । थापाले महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्नेछन् । रास्वपाले सभापति थापालाई महाधिवेशनमा सहभागी हुन आमन्त्रण गरेको थियो ।
रास्वपा महाधिवेशनमा यसअघि कांग्रेसका तर्फबाट उपसभापति पुष्पा भुसालले प्रतिनिधित्व गर्ने तय थियो । सभापति थापाले फेसबुकमा रास्वपालाई पहिलो महाधिवेशनको शुभकामना पनि दिएका छन् ।
रास्वपाको पहिलो महाधिवेशन आइतबारदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ ।




प्रतिक्रिया