काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशनमा सहभागी हुन नेपाली कांग्रेसका सभापति गगन कुमार थापा चितवन पुगेका छन् ।
रास्वपा महाधिवेशनमा सहभागी हुन सभापति थापालाई आमनत्रण गरेको थियो । थापाले महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन गर्नेछन् ।
रास्वपा महाधिवेशनमा यसअघि कांग्रेसका तर्फबाट उपसभापति पुष्पा भुसालले प्रतिनिधित्व गर्ने तय थियो । सभापति थापाले फेसबुकमा रास्वपालाई पहिलो महाधिवेशनको शुभकामना पनि दिएका छन् । सन्देशमा उनले प्रथम राष्ट्रिय महाधिवेशनको अवसरमा शुभकामना व्यक्त गर्दै छोटो अवधिमै रास्वपा राष्ट्रिय राजनीतिमा बलियो शक्ति बनेको बताएका थिए। सभापति थापासँग अन्य दलका शीर्ष नेताहरू पनि चितवन पुगेका छन् ।




प्रतिक्रिया