देशमा यस्तो शासकीय अराजकता पहिले कहिल्यै देखेको थिइनँ : गगन थापा

देशमा यस्तो शासकीय अराजकता पहिले कहिल्यै देखेको थिइनँ : गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका सभापित गगन थापाले प्रधानमन्त्रीदेखि रास्वपाका सांसदसम्मले अराजक व्यवहार देखाइरहेको आरोप लगाएका छन् ।

शुक्रबार पार्टीनिकट आदिवासी जनजाति महासंघको भेलामा बोल्दै थापाले देशमा अहिले शासकीय अराजकताको अवस्था रहेको बताएका हुन् ।

उनले यस्तो शासकीय अराजकता रोक्न कांग्रेसले भूमिका खेल्नुपर्ने बताए ।

उनले भने उनले भने, ‘सत्ताधारी पार्टीका सांसदले कर्मचारी हप्काएका छन्, मन्त्रीले उत्तेजना फैलाउने अभिव्यकित दिएका छन् । मैले यस्तो पहिले कहिल्यै देखेको थिइनँ । अहिले म शासकीय अराजकता देखिरहेको छु । सांसदले, मन्त्रीले खुट्टा भाँच्छु भनेको छ । प्रधानमन्त्रीले मन्त्री नराखी बैठक गरेको छ । अर्थमन्त्रीले गभर्नर नराखी बैठक गरेको छ । प्रधानमन्त्रीको सचिवालयले दिनदहाडै मान्छे उठाएको छ । अख्तियारको प्रमुखलाई थुनेर, उठबस गराएर निर्णय गर्न लगाएको छ । यो अराजकता हो । शासकीय अराजकता हो । यसलाई रोक्न कांग्रेसले भूमिका खेल्नुपर्छ ।’