काठमाण्डु – नेपाली कांग्रेसका सभापति गगन थापा सोमबार बाढी प्रभावित क्षेत्र प्रस्थान गरेका छन् ।
थापाले बाढी प्रभावित क्षेत्रको स्थलगत अवस्था बुझ्न र थप राहत तथा उद्धारका लागि आवश्यक पहल गर्न बाढी प्रभावित क्षेत्र प्रस्थान गरेका हुन् । उनले रसुवा, नुवाकोट धादिङका बाढी प्रभावित क्षेत्रको अवलोकन गर्नेछन् ।
सभापति थापा गल्छी पुल, कल्लेरि, पिमलटार, तारुकाघाट, बुधसिङघाट, दर्शनटार, छत्रेफाट, मैटार, शिर्खालि, देवीघाट बुनिबेसी, गौरिबेसी, माझीगाउँ, हात्तिगौडा, जफति हुँदै तुप्चेसम्म पुग्ने कार्यक्रम छ । थापाको साथमा राहतको सामान पनि लगिएको छ।




प्रतिक्रिया