गगन थापाको बोली एउटा व्यवहार अर्कै, पार्टीमा युवा नेता आउनुपर्छ भन्ने, सिडेनमा ६० कटेका रोज्ने !

गगन थापाको बोली एउटा व्यवहार अर्कै, पार्टीमा युवा नेता आउनुपर्छ भन्ने, सिडेनमा ६० कटेका रोज्ने !


काठमाण्डु – नेपाली कांग्रेसमा नेता गगन थापा पार्टीमा पुराना नेताको आवश्यकता नरहेको भन्दै भाषण गर्दै हिँड्छन् । उनले थुप्रै कार्यक्रममा पार्टीमा पुराना नेताले अभिभावकको उम्मेवारी निर्वाह गर्ने समय आएको बताउँदै आएका छन् ।

गगन थापाको यही विचारका कारण पनि उनीमाथि ठूलो युवा जमातको भरोसा र साथ रहेको छ । तर, उनै गगन थापाको बोली एउटा र व्यवहार भने अर्कै पाइएको छ ।

कांग्रेसको सुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन) को निर्वाचनमा उनी ६० कटेका उम्मेदवार ध्रुव थापालाई समर्थन गर्न एक बेन्क्यूटमा पुगेका छन् ।

उनको साथमा कांग्रेसका अर्का युवा नेता प्रदीप पौडेल पनि थिए । दुवै नेताले पार्टीमा बुढा नेतालाई पाखा लगाउनुपर्छ भनेर मोर्चाबन्दी गर्दै र भाषण ठोक्दै हिँडे पनि पार्टीकै इन्जिनियरहरुको सुभेच्छुक संस्थामा भने ६० कटेको नेतृत्वलाई समर्थन जनाउन कुपन्डोलको एक बेन्क्यूटमा पुगेर फोटो सेसन गरेका हुन् ।