राष्ट्रपति विद्या भण्डारी केपी ओलीको ग्याङ्गको सदस्य मात्रै होः गगन थापा

राष्ट्रपति विद्या भण्डारी केपी ओलीको ग्याङ्गको सदस्य मात्रै होः गगन थापा


काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यशैलीमाथि नै औंला उठाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजै संसद विघटन गरेका छन् । त्यसैको विरोधमा बानेश्वरमा बोल्दै उनले आजदेखि राष्ट्रपति केपी ओलीको ग्याङ्गको सदस्य मात्रै हो ।

यही संसदकाविरुद्ध अपराध गराउँछिन् भने राष्ट्रपति हुने नैतिकता राख्दिनन् । संविधानविरुद्धका अपरराध गर्ने अपराधीलाई सडकबाट ठिक लगाउँ । यो व्यवस्थाविरुद्ध उठ्न राष्ट्रपति र प्रधानमन्त्रीलाई ठिक लगाउँ’, उनले भने ।

उनले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल हुतिहारा भएका कारण यस्तो अवस्था आएको बताएका छन् । उनले आफूले यसअघि संसदमा पनि अस्वस्थ हुनुहुन्छ आराम गर्न दिनूस् भन्दा नमानेको बताएका छन् ।