सरकार झ्यालखानाको संख्या थप, सत्यको पक्षमा बोल्ने डराउँदैनन्ः गगन थापा

सरकार झ्यालखानाको संख्या थप, सत्यको पक्षमा बोल्ने डराउँदैनन्ः गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाक्री पक्राउ परेकाप्रति आपत्ति जनाएका छन् ।

प्रहरीले नेतृ झाक्रीलाई पक्राउ गरेपछि नेता थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत असन्तुष्टी जनाएका हुन् ।

सरकारलाई प्रश्न गर्दै नेता थापाले सरकारले देखाएको त्रासले सत्यको पक्षमा बोल्ने मुख बन्द नहुने भन्दै झ्यालखानाको सङ्ख्या थप्न भनेका छन् ।

‘कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने ? उहिले महाराजा, अहिले राष्ट्रपति ! सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन।’

नेता थापाले सत्यको पक्षमा प्रश्न गर्नेलाई उहिले महाराजा र अहिले राष्ट्रपतिले रोकेको टिप्पणी गरेका छन् ।

केही दिनअघि गोरखामा भएको कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर प्रहरीले झाँक्रीलाई पक्राउ गरेको हो । झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको भन्दै पक्राउ गरिएको हो ।