गृहमन्त्रीलाई गगन थापाको प्रश्नः तुईन काटिएको पुष्टि भए सरकार भारतसँग लड्न सक्छ ?

गृहमन्त्रीलाई गगन थापाको प्रश्नः तुईन काटिएको पुष्टि भए सरकार भारतसँग लड्न सक्छ ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली कांग्रेसका सांसद गगन थापाले दार्चुला घटनामा भारतीय पक्षसँग नेपाल सरकारले लड्न सक्छ कि सक्दैन भनेर प्रश्न गरेका छन् । मंगलबार  प्रतिनिधिसभाकाे बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा भारतीय सशस्त्र प्रहरी बल (एसएसबी) ले तुइन काटेर तुइनबाटै महाकाली तरिरहेका नेपाली नागरिक बेपत्ता भएको घटनामा अध्ययन गर्न छानबिन टोली बनाएको जवाफ दिएपछि सांसद थापाले सो प्रश्न गरेका हुन् ।

उनले दार्चुलाको मालघाट घटनालाई सन् २०१२ मा भारतको केरलमा भएको घटनासँग तुलना गरेका छन् । आफ्ना दुई मछुवारलाई हत्या गरिदिएको विरोधमा इटलीसँग भारतले लगातार लडेको प्रसङ्ग उठाउँदै उनले नेपाल सरकारले पनि अहिले उक्त घटनामा त्यसैगरी लड्नुपर्नेमा जोड दिए ।

थापाले गृहमन्त्रीलाई प्रश्न गरे,  ‘यदि जयसिंहको मृत्यु एसएसबीले तुइन काटेरै भएको पुष्टि भएमा भारतले इटालीसँग लडे जस्तै नेपाल सरकार लड्न सक्छ कि सक्दैन ?, हाम्रो छानबिन समितिले सत्य तथ्य पत्ता लगाएर बाहिर ल्याउँछ भन्ने कुराको विश्वास  हामीलाई कसरी विश्वास दिलाउनुहुन्छ ?’

साथै उनले उक्त घटनामा नेपालले बलियो भएर भारतसँग लड्नुपर्ने बताएका छन् ।  साउन १५ गते व्यास गाउँपालिका–२, मालघाटमा स्थानीय ३३ वर्षीय जयसिंह धामी भारतको बाटो हुँदै जिल्ला सदरमुकाम खलङ्गा जाने क्रममा तुइनबाट महाकाली नदी तर्दै गर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइनको डोरी काटिदिएपछि महाकाली नदीमा डुबेर बेपत्ता भएका थिए ।