प्रधानमन्त्रीले चाहेमा मन्त्री भएर काम गर्न तयार छुः गगन थापा

प्रधानमन्त्रीले चाहेमा मन्त्री भएर काम गर्न तयार छुः गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले आफू मन्त्री बन्न तयार रहेको बताएका छन् । बुधबार चितवनमा पत्रकारहरुसँग कुरा गर्दै नेता थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेमा आफू मन्त्री बन्न तयार रहेको बताएका हुन् ।

‘प्रधानमन्त्रीले मलाई संसदमै राखेर काम गराउन उचित हुन्छ भन्ने लाग्छ भने सांसद भएर नै काम गर्छु । हैन यो बेलाको सन्दर्भमा कुनै मन्त्रालयको जिम्मेबारी दिएर काम गराउनुपर्छ भन्ने उहाँलाई लाग्यो भने मन्त्री भएर काम गर्न तयार छु,’ उनले भने ।

संयुक्त सरकारका आफ्नै सीमा हुने भन्दै नेता थापाले अप्ठेरो बेला आएको सरकार भएकाले १२–१५ महिनाको समयभित्र महत्वपूर्ण कामहरु सम्पन्न गर्नुपर्ने बाध्यता आइपरेको बताए ।

‘संयुक्त सरकारका आफ्नै सीमा हुन्छन् । यो अप्ठेरो बेला आएको सरकार हो । स्वभाविक रुपले आएको हैन । १२–१५ महिनाको समयभित्र महत्वपूर्ण कामहरु सम्पन्न गर्नुपर्ने छ । यो बेला प्रधानमन्त्रीलाई फ्रि भएर काम गर्न दिनुपर्छ’, उनले भने ।