काठमाण्डु – नेपाली कांग्रेसका नेता गगन थापाले कक्षा १२ को परीक्षा स्थगित भएकोमा असन्तुष्टी जनाएका छन् ।
सरकारले कक्षा १२ को परीक्षा स्थगित गरेर अन्य परीक्षाहरु सञ्चालन गरिरहेको भन्दै नेता थापाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको धारणा मागेका छन् । साथै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन वा वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्न सुझाव दिएका छन् ।
‘कोरोना महामारीको कारणले कक्षा १२ को परीक्षा स्थगित तर अन्य परीक्षा सञ्चालन ! यसको आधार र तर्क के हो ? यस विषयमा स्वास्थ्य मन्त्रालयको धारणा के छ ? प्रधानमन्त्रीज्यू कि स्वास्थ्यका सम्पूर्ण मापदण्ड पूरा गरेर परीक्षा सञ्चालन गर्ने विश्वास सरकारले दिलाउनु पर्यो कि वैकल्पिक माध्यामबाट परीक्षा संचालन गर्नुपर्यो,’ नेता थापाले भनेका छन् ।




प्रतिक्रिया