महामन्त्रीमा उम्मेद्वारी दिने गगन थापाको घोषणा

महामन्त्रीमा उम्मेद्वारी दिने गगन थापाको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका नेता गगन थापाले महामन्त्रीमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।

सोमबार काठमाण्डु महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै नेता थापाले १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेद्वारी दिने बताएका हुन् ।

‘अहिले हामी १४ औं महाधिवेशनको तयारीका क्रममा छौँ। मैले १३ औँ महाधिवेशनमा पनि महामन्त्रीमै उम्मेदवारी दिएको थिएँ’, उनले भने, ‘मेरो वडाका अग्रज साथीहरूबीच १४ औँ अधिवेशनमा पनि कांग्रेस महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गर्दैछु ।’

१३औं महाधिवेशनमा पनि महामन्त्रीमा उम्मेदवारी दिएका थापा पराजित भएका थिए । थापासहित उनका ससुरा अर्जुननरसिंह केसी र डा. शशांक कोइरालाबीच प्रतिष्पार्धा भएको थियो ।

कृष्ण सिटौला पक्षका थापा, शेरबहादुर देउवा समूहका केसी र रामचन्द्र पौडेल समूहका कोइरालाबीच भएको प्रतिष्पर्धामा कोइरालाले महामन्त्रीमा बाजी मारेका थिए ।