काठमाण्डु – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अब हुने चुनावमा नेकपा एमालेलाई कुचो लगाएर बढार्नुपर्ने बताएका छन् ।
भक्तपुरको सूर्यबिनायक नगरपालिका – ७ गुण्डुमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले स्थानीय तह, प्रदेश र केन्द्रमा अब हुने चुनावमा एमालेलाई पूर्ण रुपमा पराजित गर्नुपर्ने बताएका हुन् । ‘यसपटकको चुनावमा नेकपा एमालेलाई कुचो लगाएर बढार्नुपर्छ । बढार्दा कुनाकाप्चामा धुलो अड्कियो भने भ्याकुम लगाउने हो,’ थापाले भने ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही समयअगाडि एमालेसँग एक्लाएक्लै प्रतिस्पर्धामा आउन दिएको चेतावनी स्मरण गर्दै नेता थापाले विगतमा पनि कांग्रेस एक्लै निर्वाचन लड्दा पहिलो पार्टी बनेको बताए । ‘सिङ्गल–सिङ्गल लड्ने भनेको होइन ? हामी विगतमा सिङ्गल नै लडेर पहिलो पार्टी बनेको हो,’ उनले भने ।




प्रतिक्रिया