पढन् सिंगापुर पुगे गगन थापा

पढन् सिंगापुर पुगे गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन कुमार थापा अध्ययनका लागि सिंगापुर पुगेका छन् । शहरी क्षेत्रको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई कसरी दिगो र व्यवस्थित बनाउने भन्ने विषयमा अध्ययनका लागि थापा सिंगापुर पुगेका हुन् ।

थापाले मंगलबार ट्वीटरमार्फत दिएको जानकारीअनुसार उनी अबको एक साता सिंगापुरको नयाङ टेक्नोजोजिकल विश्वविद्यालयमा विद्यार्थीका रुपमा रहनेछन् । वर्ल्ड इकोनोमिक फोरमको छात्रवृत्तिमा अध्ययनका लागि उनी त्यहाँ पुगेका हुन् ।

त्यहाँ रहँदा शहरको यातायात, स्वास्थ्य र आवास क्षेत्रलाई दीगो र व्यवस्थित बनाउन सूचना प्रविधिको उपयोग लगायतका विषयमा अध्ययन गर्ने थापाले जानकारी दिए ।