ओली-प्रचण्डले जनादेशको कदर गरेनन्, एउटाले संसद भंग गरे, अर्कोले रुँदै सरकार कांग्रेसलाई जिम्मा लाए : गगन थापा

ओली-प्रचण्डले जनादेशको कदर गरेनन्, एउटाले संसद भंग गरे, अर्कोले रुँदै सरकार कांग्रेसलाई जिम्मा लाए : गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका महामन्त्री थापाले कम्युनिस्टहरुले जनादेशको कदर गर्न नसक्दा कांग्रेसले देश चलाउने जिम्मेवारी लिनुपरेको बताएका छन् ।

कास्कीको मादी गाउँपालिका शुक्रवार आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्दै महामन्त्री थापाले केपी ओलीले संसद विघटन गरेको र प्रचण्ड रोई कराई गर्दै सरकार चलाईदिनपर्यो भन्दै आएका कारण कांग्रेसले देश चलाउने जिम्मा लिनुपनरेको बताएका हुन् ।

उनले कोही पनि दोषमुक्त नरहेको भन्दै गठबन्धनमा रहेका कारण प्रचण्ड–माधवप्रति कांग्रेसको अतिरिक्त जिम्मेवारी नरहेको समेत प्रष्ट पारे ।

‘कांग्रेसलाई देखाइदियौं भनेर आएका कम्युनिस्टहरुले के गरे ? ५० वर्षसम्म कांग्रेस फर्केर आउँदैन भन्नेहरु अहिले कोही हामीसँगै गठबन्धनमा छन् । एउटाले संसद विघटन गरे, अर्को रोइ कराइ गर्दै लौन न प्रभु सरकार चलाइदिनुपर्यो भनेर आएपछि कांग्रेसले सम्हाल्नै पर्यो,’ उनले भने ।

महामन्त्री थापाले अहिलेको गठबन्धन आवश्यकताले बनेको भन्दै यसको काम चुनाव गराउने रहेको बताए । तर गठबन्धनमा बस्नासाथ चुनावमा पनि मिल्नुपर्छ भन्न नमिल्ने भन्दै प्रचण्ड–माधव समूहसँग चुनावी गठबन्धन नहुने बताए ।

थापाले भने, ‘गठबन्धनमा बस्नासाथ चुनावमा मिल्छौं कि मिल्दैनौं अर्कै विषय हो । २०५६ मा हामीले एमालेसँग मिलेर सरकार बनायौं । चुनाव कांग्रेस र एमालेको बीचमा भयो । सँगै सरकारमा बस्यौं,कांग्रेस पहिलो, एमाले दोस्रो पार्टी भयो ।’

अबको चुनावमा सबैले कम्युनिस्टहरुलाई कसले मिलायो ? कसले फुटायो भनेर प्रश्न गर्नुपर्ने समेत उनको भनाई थियो ।