काठमाण्डु – नेपाली काँग्रेसका महामन्त्री गगन थापाले आगामी मंसिर अगाडि नै संसदीय निर्वाचनमा जाने अवस्था आउन सक्ने बताएका छन् । शनिबार काठमाण्डुमा काँग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनको अधिवेशनलाई सम्बोधन गर्दै थापाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका कारण आगामी मंसिर अगाडि नै संसदीय निर्वाचनमा जाने अवस्था आउन सक्ने अवस्था आउने बताएका हुन् ।
एमालेले संसद अवरोध गरिरहने हो भने आगामी मंसिर अगाडि नै संसदीय निर्वाचनमा जानुपर्ने अवस्था आउनसक्ने उनले दावी गरे । ‘आम चुनाव मंसिरमा हुन्छ वा त्यो भन्दा पहिला हुन्छ मलाई थाहा छैन् । संसद यसैगरी चल्दै गयो भने, संसद यसरी नै चल्न नदिने अवस्था रह्यो भने, संसदको उपहास गर्ने काम नेकपा एमालेले गरिरह्यो भने । हामीले छलफल गर्न आउनुस भनिरहेका छौँ, उहाँहरु आउनुभएन भने त्योबेला संसद किन चलाइरहने भन्ने प्रश्न उठ्नसक्छ । त्यो अवस्थामा अगाडि नै चुनाव हुनपनि सक्छ ।’
त्यसैगरी उनले स्थानीय तहको निर्वाचन वैशाख ३० गते नै हुने बताएका छन् । महामन्त्री थापाले भने, ‘स्थानीय तहको चुनाव बैशाख ३० मै हुन्छ । चुनाव हामी गराउँछौँ र सानदारसँग सरकार चलाएर देखाउँछौं ।’ थापाले कम्युनिष्ट पार्टीका कारण जनताले स्थिर सरकार नपाएको दावी गरे ।




प्रतिक्रिया