अछाम घटना अक्षम्य छ, दोषीलाई उम्किन दिनुहुँदैनः गगन थापा

अछाम घटना अक्षम्य छ, दोषीलाई उम्किन दिनुहुँदैनः गगन थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले अछाम घटना अक्षम्य रहेको भन्दै दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा देशमा भइरहेका हत्या हिंसाका घटनाबारे सांसद थापाले अछामको पञ्चदेवल गाविसमा एक युवकको हत्या गरिनु सुनियोजित भएको र छानीछानी भएको भन्दै गृहमन्त्री बालकृष्ण खाँणसमक्ष दोषीलाई कारबाही गर्न माग गरे ।