महामन्त्रीमा शर्माको भन्दा थापाको वरियता अगाडि

महामन्त्रीमा शर्माको भन्दा थापाको वरियता अगाडि


काठमाण्डु- नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित गगन थापा वरियतामा अगाडि छन् । पार्टीको १४ औं महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित विश्वप्रकाश शर्मा भन्दा थापाको वरियता अगाडि राखिएको हो ।

शनिबार पहिलो केन्द्रीय कार्यसमिति बैठकअघि निर्धारण गरिएको वरीयतामा शर्मा भन्दा थापालाई अगाडि राखिएको स्रोतले जनाएको छ । स्रोतका अनुसार सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ पछिको वरियता थापालाई राखिएको हो ।

निर्धारण गरिएको हो । थापा १२ र १३ औं महाधिवेशनमा केन्द्रीय सदस्य बनेका थिए भने शर्मा १३ औं महाधिवेशन मात्र केन्द्रीय सदस्य भएका थिए ।

महामन्त्रीको वरियतामा पार्टी राजनीति प्रवेशलाई आधार बनाएको देखिन्छ । नेपाल विद्यार्थी संघमा शर्मा अध्यक्ष रहेको समितिमा थापा उपाध्यक्ष थिए । शर्मा नेविसंघको राजनीतिमा सिनियर भएपनि पार्टी राजनीतिमा थापा आगाडि प्रवेश गरेका थिए ।