गगन थापाको प्रमलाई प्रश्न : सरकारले व्यहोर्ने पूर्वराष्ट्रपति यादवको उपचार खर्चको आधार के ?

गगन थापाको प्रमलाई प्रश्न : सरकारले व्यहोर्ने पूर्वराष्ट्रपति यादवको उपचार खर्चको आधार के ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता गगन थापाले पूर्वराष्ट्रपति रामवरण यादवको विदेशमा हुने उपचार खर्च व्यहोर्ने सरकारको निर्णयको विरोध गरेका छन् ।

 सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापाले पूर्वराष्ट्रपति यादवको विदेशमा गरिने उपचार खर्च सरकारले व्यहोर्ने निर्णय कानुनविपरित भएको भन्दै उक्त निर्णयमाथि प्रश्न उठाएका छन् ।

‘हामीले १ वर्ष अगाडि पारित गरेको कानूनले प्रष्ट भन्छ–कुनै पनि व्यक्तिले विदेशमा उपचार गर्दा लाग्ने खर्च नेपाल सरकारले दिँदैन । पूर्वराष्ट्रपति वा वर्तमान प्रम जो भए पनि यो कानून सबैलाई लाग्छ’, उपचार खर्च दिने सरकारको निर्णयप्रति प्रश्न गर्दै थापाले भनेका छन्, ‘सरकारले के आधारमा विदेशमा गरेको उपचार खर्च व्यहोर्ने निर्णय गर्यो, प्रमज्यू ?’

मन्त्रिपरिषदको यसअघि बसेको बैठकले पूर्वराष्ट्रपति यादवले भारतमा गराएको उपचार खर्च बिलअनुसार सरकारले व्यहोर्ने निर्णय गरेको थियो । पूर्वराष्ट्रपति डा. यादवको पेटमा क्यान्सर देखिएपछि तीन वर्षअघि अमेरिकामा उपचार गरिएको थियो । अमेरिकाबाट स्वास्थ्यलाभ गरेर फर्किएपछि डा. यादवले हरेक वर्ष भारतको चण्डीगढस्थित पीजीआईएमईआर अस्पतालमा नियमित जाँच गराउँदै आएका छन् ।