काठमाडौं – नेपाली कांग्रेसका नेता गगन थापाले सार्वजनिक यातायात सञ्चालन गर्नेबारे सरकारले सरोकारवालासँग छलफल गर्नुपर्ने बताएका छन् ।
नेता थापाले सामाजिक सञ्जाल ट्वीटरमार्फत सार्वजनिक यातायात चलाउने घोषणा गर्नुभन्दा यसका सञ्चालक, मजदुरलगायत यातायात व्यवसायीसँग छलफल गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् ।
थापाले लेखेका छन्, ‘सार्वजनिक यातायात चलाउने घोषणा गर्नुभन्दा यसका सञ्चालक, मजदुर, स्वास्थ्य विज्ञ र सरोकारवालासँग सामुहिक छलफल गरी व्यवसायीहरू बाँच्न सक्ने, मजदुरले काम गर्न सक्ने र उपभोक्ता मारमा नगर्ने, स्वास्थ्य सुरक्षाका दृष्टिले यात्राको जोखिम सकेसम्म कम गर्ने गरी समाधान खोज्नुस् ।’
सरकारले छोटो दुरीका यात्रुबहाक सवारी साधन सञ्चालन गर्न पाउने निर्णय गरेपछि यातायात व्यवसायीले तत्काल सवारी साधन चलाउन नसकिने बताएका छन् ।




प्रतिक्रिया