काठमाण्डु – नेपाली कांग्रेसका सांसद गगन थापाले भाषा परीक्षा पास गरेर पनि कोरिया जानबाट बञ्चित युवाको समस्या समाधान गर्न माग गरेका छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद थापाले कोरोना भाइरसका कारण नेपाली युवाले रोजगारी गुमाएको प्रति संसदको ध्यानाकर्षण गराएका हुन् ।
दक्षिण कोरियाको भाषा तथा सिप परीक्षा उत्तिर्ण गरेका करिब १० हजार ५ सय नेपाली अझै अन्योलमा रहेको प्रति पनि सरकारले वेवास्ता गरेको बताए । उनले भने, ‘इपीएस परिक्षा उत्तिर्ण गरेका करिब १० हजार ५ सय र प्रतिवद्ध कामदार करिव २ हजार महिनौँ देखि अलपत्र परेर काठमाडौंमा यत्रतत्र छरिएर बसेका छन् । यीनिहरुका बारेमा सरकारले लगातार वेवास्ता गरेको छ ।’
नेता थापाले कोरियामा रोजगारी पाउने सुनिस्चितताका सन्दर्भमा सम्बन्धित मन्त्रालयले ठोस कदम लिन पनि आग्रह गरे । उनले अगाडी भने, ‘फिलिपिन्सको मालदिभ्स्, म्यानमार, श्रीलंकाको सरकारले गरेको जस्तो भए पहलकदमी गरिसकेको भए उनीहरुले कोरिया जान पाइसकेका हुन्थे । भाषा तथा सिप परीक्षा उर्तिण गरेका तथा घर बिदामा आएर फर्किएर जान नपाएका यी कामदारहरुलाई कोरियामा रोजगारी पाउने सुनिस्चितताका सन्दर्भमा सम्बन्धित मन्त्रालयले ठोस कदम लियोस् ।’




प्रतिक्रिया