महामन्त्रीमा गगनको अग्रता कायमै, प्रदीप पछ्याउँदै

महामन्त्रीमा गगनको अग्रता कायमै, प्रदीप पछ्याउँदै


काठमाण्डु – नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत महामन्त्रीको मतगणना जारी छ । बिहीबार जारी मतगणनामा ३०० मत गन्दा गगन थापाले २०० मत प्राप्त गरेका छन् भने प्रदीप पौडेलले ११० मत ल्याएका छन् ।

त्यस्तै विश्वप्रकाश शर्माले १०४ मत पाएका छन् । प्रकाशशरण महतले ९१ र मिनेन्द्र रिजालले ५५ मत पाएका छन् । राजाराम कार्कीले ५ मत पाएका छन् । दुई जना महामन्त्रीका लागि ६ जना चुनावी प्रतिस्पर्धामा छन् ।