घरमा आगो तापीरहेका महिलामाथि गैँडाको आक्रमण

घरमा आगो तापीरहेका महिलामाथि गैँडाको आक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पूर्वी चितवनमा गैँडाले आक्रमण गर्दा दुई महिला घाइते भएका छन्।

मंगलबार बिहान गैँडाको आक्रमणबाट खैरहनी नगरपालिका–१ कासिगाउँका ४५ वर्षीया सीता नेपाल र ६० वर्षीया जानुका महत घाइते भएका हुन्।

आज बिहान ६ः२० बजे घरमा आगो तापिरहेका बेला उनीहरूलाई गैँडाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता भेषराज रिजालले जनाए।

घाइते दुवैलाई भरतपुर अस्पताल लगिएको छ। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ।