अमेरिकाबाट ५५ किलो गाँजा आयात, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद

अमेरिकाबाट ५५ किलो गाँजा आयात, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय काठमाण्डुले ५५ किलो गाँजा बरामद गरेको छ ।

अमेरिकाबाट आयात गरिएको १०८ वटा कार्टुनमा प्याक गरिएको गाँजा भन्सार जाँच हुनुअघि नै बरामद गरिएको भन्सार कार्यालयका प्रमुख प्रशासक टोकराज पाण्डेले बताए ।

भन्सार कार्यालयलाई प्राप्त गोप्य सूचनाका आधारमा कार्टुनहरू चेकजाँच गर्दा गाँजा फेला परेको जनाइएको छ ।

बरामद गाँजा र विवरण थप अनुसन्धानका लागि भन्सार कार्यालयले नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोलाई बुझाएको छ ।