काठमाण्डुमा गाँजा मिसाएर अनलाइनमार्फत केकको कारोबार

काठमाण्डुमा गाँजा मिसाएर अनलाइनमार्फत केकको कारोबार


काठमाण्डु- लागु औषध गाँजा मिसाई केक तयार गरी अनलाइनमार्फत कारोबार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

काठमाण्डु महानगरपालिका २९ घट्टेकुलो बस्‍ने २६ वर्षीय विशन मानन्धरलाई गाँजा मिसाई केक तयार गरी अनलाइनमार्फत कारोबार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्‍यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका उनको साथबाट प्रहरीले गाँजाको धुलो १२१, तयारी अवस्थामा रहेको केकको झोल १७८ ग्राम, गाँजा ३ केजीलगायतका सामानहरू बरामद गरेको छ ।

उनले आफ्नै घरमा विगत १ वर्षदेखि गाँजा मिसावट गरिएका केकका विभिन्‍न प्रकारहरू बनाइ अनलाइन डेलिभरी गर्दै आएको प्रहरीले जानकारी दिएको छ ।