काठमाण्डु – प्रहरीले सुनसरी र सर्लाहीबाट करीब १९५ किलो गाँजा बरामद गरेको छ ।
सुनसरीको भोक्रहा नर्सिङ गाउँपालिका–१ र २ को सिमानामा पर्ने मन्सुरी चोक छेउ गँहुबारीबाट अवैध लागूऔषध गाँजा करीब १९० किलो सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी भोक्राहाबाट खटिएको गस्ती टोलीले ८ वटा बोरामा रहेको गाँजा फेला पारी बरामद गरेको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका–१५ स्थित पुष्पलाल स्मारक बोरेतर्फ जाने सडकबाट अवैध लागूऔषध गाँजा करीब ५ किलो आईतबार राति प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी परवानीपुरबाट खटिएको गस्ती टोलीलाई देख्नासाथ पैदल आउँदै गरेका २ जना अपरिचित व्यक्तिले झोला फालेर फरार भएपछि झोला तलासी गर्दा गाँजा फेला परेको हो ।
प्रहरीले हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै गाँजा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।




प्रतिक्रिया