सिरहा – धनगढीमाई नगरपालिका–४ सन्तनगरस्थित सडकबाट अवैध लागूऔषध गाँजा करीब १८ किलो ५०० ग्राम मंगलबार राति प्रहरीले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीलाई देख्नासाथ म प्र ०१–००४ प ४३०३ नम्बरको मोटरसाइकलमा सवार २ जना व्यक्तिले बोरामा लैजाँदै गरेको गाँजा र मोटरसाइकल छोडी फरार भएपश्चात् बोराबाट प्रहरीले गाँजा फेला पारी बरामद गरेको हो ।
हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै गाँजा बरामद सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया