मध्यवर्ती सामुदायिक वनबाट १५० किलो गाँजासहित ७ जना पक्राउ

मध्यवर्ती सामुदायिक वनबाट १५० किलो गाँजासहित ७ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर – जिल्लाको मनहरी गाउँपालिका–४ माथिल्लो मसिनेस्थित मध्यवर्ती सामुदायिक वनबाट अवैध लागूऔषध गाँजा १५० किलोसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा राक्सिराङ गाउँपालिका–७ बस्ने १९ वर्षीय टिकाराम प्रजा, सोही गाउँपालिका–३ बस्ने १५ वर्षीय किशोर, कैलाश गाउँपालिका–४ बस्ने २८ वर्षीय बमबहादुर चेपाङ, २७ वर्षीय हरि कुमार प्रजा, २७ वर्षीय बिरमान प्रजा, मनहरी गाउँपालिका–३ हाडी खोला बस्ने ४४ वर्षीय रामहरी लुइँटेल र सोही गाउँपालिका–५ बस्ने ३६ वर्षीय दिपक थापा मगर रहेका छन् ।

पर्सा राष्ट्रिय निकुञ्ज लामिटारका कर्मचारी र सोही निकुञ्जको सुरक्षार्थ खटिएको नेपाली सेनाको संयुक्त टोलीले उनीहरूलाई गाँजा बोरामा बोकेर पर्सा जिल्लातर्फ लैजाँदै गरेको अवस्थामा फेला पारेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय मकवानपुर र इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरीले उनीहरूलाई गाँजासहित पक्राउ गरेको थियो ।

बरामद गाँजा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।