काठमाण्डु – प्रहरीले पर्सा र महोत्तरीमा अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।
पर्साको वीरगञ्ज महानगरपालिका–२१ परवानीपुर हनुमान चोकबाट अवैध लागूऔषध गाँजा १२ किलो ५०० ग्राम शुक्रबार साँझ प्रहरीले बरामद गरेको छ ।
प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरी टोलीले गाँजा फेला पारी बरामद गरेको छ ।
महोत्तरीको मनरासिस्वा नगरपालिका–९ बथनाहा गाउँबाट अवैध लागूऔषध गाँजा करीब ५ किलो ५०० ग्राम शनिबार बिहान प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी बथनाहाबाट खटिएको प्रहरी टोलीले बीआर ०६ सीएन ७५२८ नम्बरको मोटरसाइकल तलासी गर्दा बोरामा रहेको गाँजा फेला पारी बरामद गरेको छ ।
हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । गाँजा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया