करीब २१२ किलो गाँजासहित ४ जना पक्राउ

करीब २१२ किलो गाँजासहित ४ जना पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा – परवानीपुर गाउँपालिका–५ बहुअरीबाट अवैध लागूऔषध गाँजा करीब २१२ किलो ९२८ ग्रामसहित ४ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा मकवानपुरको थाहा नगरपालिका–४ पालुङ बस्ने २८ वर्षीय रबि कार्की, थाहा नगरपालिका–१२ टिसटुङ बस्ने ४६ वर्षीय बिरबहादुर गोले, हेटौंडा उपमहानगरपालिका–१४ उतरपानी बस्ने २३ वर्षीय साजन मुक्तान र धादिङ थाक्रे गाउँपालिका–७ आपसी चोक बस्ने ३१ वर्षीय महेश तमाङ छन् ।

जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय प्रसौनी र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले हेटौंडाबाट बारातर्फ आउँदै गरेको प्र ३–०१–०२४ च ४६३० नम्बरको पिकअप गाडीलाई जाँच गर्ने क्रममा धानको भुसको बोरामा लुकाइछिपाई ल्याएको गाँजा फेला पारी चालक रबि र गाडीमा सवार बिरबहादुर, साजन र महेशलाई पक्राउ गरेको हो ।

गाँजा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।