बेलकामा करीब २४० किलो गाँजा बरामद

बेलकामा करीब २४० किलो गाँजा बरामद

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर – बेलका नगरपालिका–२ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करीब २४० किलोग्राम सोमबार बिहान प्रहरीले बरामद गरेको छ ।

प्रहरी चौकी भागलपुर र प्रहरी चौकी बसाहाबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा रहेको बा२१च १८११ नम्बरको कार तलासी गर्दा ९ वटा बोरामा रहेको गाँजा फेला पारी बरामद गरेको हो ।

गाँजा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।