इजरायली आक्रमणमा एकै परिवारका १५ सदस्यको मृत्यु

इजरायली आक्रमणमा एकै परिवारका १५ सदस्यको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–गाजाको नागरिक सुरक्षा विभागले इजरायली हवाई आक्रमणमा एकै परिवारका १५ सदस्यको मृत्यु भएको छ।

सुरक्षा प्रवक्ता महमुद बस्सलले मध्य गाजाको अल–जावैदामा रहेको अज्लाह परिवारको घरमा आक्रमण भएको र ९ बालबालिका,३ महिलासहित १५ प्यालेस्टिनी नागरिककाे मृत्यु भएकाे ।

इजरायली सेनाले यस घटनाबारे कुनै टिप्पणी गरेको छैन ।

‘अल–जावैदाको अज्लाह परिवारको घर र गोदाममा भएको इजरायली आक्रमणबाट १५ जनाको मृत्यु भएको छ’, बस्सलले भने।

इजरायल र हमासबीच १० महिनाभन्दा बढी सयमदेखि चलिरहेको युद्धले गाजाको विशाल भूभागलाई भग्नावशेष बनाएको छ।