ललितकला प्रतिष्ठानमा आज गजल गायन हुँदै

ललितकला प्रतिष्ठानमा आज गजल गायन हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – १६०औँ मोतीजयन्तीका अवसरमा नेपाली गजल गायनको स्वर्ण दशक, (वि. सं. २०८०–२०९०) अन्तर्गत राष्ट्रिय भावका गजलहरूको प्रत्यक्ष गायन समारोहमा शनिबार काठमाण्डुमा हुँदैछ ।

समारोह अनाममण्डली, अन्तर्राष्ट्रिय नेपाली गजल मञ्च र गोल्डेन क्रियशनको आयोजना तथा नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान, नेपाल प्रज्ञाप्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानको सहकार्यमा समारोह हुन लागेको हो ।

समारोह दिउँसो १ बजे नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान, नक्सालमा आयोजना हुँदैछ ।

त्यस अवसरमा अन्तर्राष्ट्रिय नेपाली गजल मञ्चका अध्यक्ष घनेन्द्र ओझा, अनाममण्डलीका अध्यक्ष रूपक अलङ्कारसहित गजलकारहरू रश्मि असफल, विवश पौडेल, राधा कणेल, देवेन्द्र केसी देवु, सन्तोष श्रेष्ठ, कुशलनाथ योगी, भुवन बोहरा (निस्तेज)ले गजल प्रस्तुत गर्नेछन् ।