काठमाडौं— नेपाली काँग्रेसका नेता एवं पूर्वमन्त्री गगनकुमार थापाले चितवनमा ज्ञानेन्द्र शाहीमाथि कुटपिटको घटना सरकार फासिष्ट हुँदै गएको संकेत भएको बताएका छन्। सरकारको संरक्षणमा नै शाहीमाथि कुटपिट भएकाे उनले आरोप समेत लगाए।
विजया दशमीकाे अवसरमा आइतबार काठमाडौंमा भएकाे शुभकामना आदानप्रदान कार्यक्रममा थापाले सरकारले कानुन बनाएर, एकपछि अर्को नागरिकको स्वतन्त्रताको हनन् गरेर अधिनायकवादी शासन ल्याउन खोजिरहेको बताए ।
उनले भने, ‘हिजो चितवनको घटना हेर्नुस्, एउटा नागरिक नेपालको कुनै ठाउँको माटोमा उभिएर आफ्नो विचार राख्दै गर्दा सरकारद्धारा संरक्षित तथा सरकारका मानिसहरुको आह्वानमा उसको ज्यान लिने गरी कुटपिट गरिन्छ, आज त्यहीँ पार्टीका कार्यकर्ता हिजो जे भएको छ, ठिकै भएको छ भनेर वक्तव्य निकाल्छ।’




प्रतिक्रिया