काठमाण्डु – नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्र हमालले राजीनामा दिएका छन् । उनले आइतबार बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् ।
हमालले केही बेरअघि बालुवाटार पुगेर मन्त्री पदबाट राजीनामा दिएर फर्किसकेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लागेपछि २२ असोजमा मन्त्री नियुक्त भएका हमालले तीन दिनमै राजीनामा दिएका हुन् ।




प्रतिक्रिया