काठमाडौं – सत्तारुढ दलका एक जना सांसदले छाउगोठ भत्काएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै नेकपा सांसद गजेन्द्र बहादुर महतले छाउगोठ भत्काइएकोमा सांसदले आपत्ति जनाएका हुन् ।
सांसद महतले काम नपाएको बुहारीले … पुछर कन्याएर बसेझैं गृहमन्त्रालयले प्रशासन लगाएर छाउगोठ भत्काएको भन्दै आपत्ति प्रकट गरेका हुन् ।
‘हाम्रो गाउँघरतिर उखान छ, काम नपाए बुहारी… पुछर कन्याऊ, गृहमन्त्रालय यस्तै छ । छाउगोठकf नाममा हाम्रा घर भत्काइएको छ । एउटा व्यक्ति मृत्यु भयो भन्दैमा हाम्रो घर भत्काउन पाइन्छ ? आठजना मान्छे होटलमा मृत्यु भएको ’। उनले भने ।
उनले छाउगोठ भत्काएकोमा आपत्ति जनाउँदै गाडीबाट मान्छेको मृत्यु भए बस भत्काउँदै आगो लगाउँदै हिँड्ने भन्दै आक्रोश गरेका छन् । ‘हजारौं मान्छे गाडीमा मृत्यु भएको छ । बस भत्काउँदै हिँड्ने, आगो लगाउँदै हिँड्ने ? त्यो पनि तरिका हुन्छ ? चाहिँदो काम गर्नुपर्यो । जिल्लामा जाने नुन बेचिया छ । औषधि बेचिया छ । भ्रष्टाचार भएको छ उनीहरूलाई समात्नु छैन’, उनले भने, ‘बाटोको अवस्था के छ स्कुलको अवस्था के छ ? ठेकेदार कहाँ भागेको छ ? त्यो हेर्नुपर्दैन ? हिजो गोर्खाली सेनाको नाममा हाम्रो घर भत्काइयो । आज छाउगोठको नाममा भत्काइँदैछ । के हेरेर बसेको छ गृहमन्त्रालय ? काम पाएको छैन ?’




प्रतिक्रिया