भारतका मन्त्रीको चेतावनी : ‘सनातन धर्मको विरोध गरे जिब्रो काटिएला, आँखा फुटाइदिउँला’

भारतका मन्त्रीको चेतावनी : ‘सनातन धर्मको विरोध गरे जिब्रो काटिएला, आँखा फुटाइदिउँला’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भारतमा हिजोआज सनातन धर्मको बहस चर्किएको छ । यसै बहसमा हामफालेका छन् केन्द्रीय मन्त्री गजेन्द्रसिंह शेखावतले ।

सनातन धर्मबारे तमिलनाडुका मुख्यमन्त्रीका छोरा उदयनिधि स्टालिनले दिएको बयान विवादमा परेपछि मन्त्री गजेन्द्रले चेतावनी दिएका छन् । सनातन धर्मको विरोध गर्नेहरूले सनातन धर्मलाई कुष्टरोग, मलेरिया, डेंगु रोगको संज्ञा दिएका थिए ।

भारतीय जनता पार्टी (भाजपा) की परिवर्तन संकल्प यात्राका क्रममा राजस्थानको बाडमेरमा चुनावी र्‍यालीलाई सम्बोधन गर्दै केन्द्रीय जलशक्ति मन्त्री गजेन्द्रले भने, ‘म सनातन धर्मको विरोध गर्नेहरूलाई बताइदिन चाहन्छु, यदि यस्तो गरेमा उनको जिब्रो काटिएला, आँखा फुटाइदिउँला ।’ सनातन धर्मको विरोध गर्नेले राजनीतिक हैसियत बचाउन नसक्ने उनले बताए ।