काठमाडौं– सामसुङ ग्यालेक्सी नोट–८ को नेपाली बजारमा पनि बिक्री सुरु भएको छ।
सुरक्षाका लागि सामसुङ नोक्स प्रविधि प्रयोग गरिएको भनिएको सामसुङ ग्यालेक्सी नोट–८ को मूल्य नेपाली बजारमा एक लाख तीन हजार ९ सय ९० रुपैयाँ निर्धारण गरिएको छ।
सामसुङ ग्यालेक्सी नोट–८ मोबाइल एनसेलसँगको सहकार्यमा १६ जिबी फोरजी डाटा प्राप्त गर्न सक्ने छन्। साथै शिखर इन्स्युरेन्ससँगको सहकार्यमा ८ महिनाभित्र सेट फुटेमा बीमा सुरक्षा पनि प्रदान गरिएको छ।
सामसुङ नोट ८ मा डुअल क्यामेराका साथै अप्टिकल इमेज स्टेबिलाइजेशन (ओआइएस) रहेको छ। जसकारण जस्तोसुकै अवस्थामा पनि जीवन्त फोटो खिच्न सकिने दाबी गरिएको छ।
नोट ८ मा मल्टी विन्डो सुविधा हुनाले दुई वटा एप एकै पटक चलाउन सकिन्छ।
यसमा भएको जिआइएफ सपोर्ट सुविधाले सन्देश आदानप्रदानमा जीवन्तता प्रदान गर्दछ। अल्वेज अन डिस्प्लेको सुविधाले गर्दा अनलक नगरी फोनमा भएका नोटिफिकेसनहरु हेर्न सकिन्छ।
यसबाट ७१ वटा भाषाहरु आफूलाई चाहिएको भाषामा रुपान्तरण गर्न सकिने व्यवस्था छ। साथै विदेशी मुद्राको विनिमिय दरलाई पनि रुपान्तरण गर्न सकिन्छ।




प्रतिक्रिया