ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुर्‍याउँछ : राष्ट्रपति भण्डारी

ग्याल्पो ल्होसारले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुर्‍याउँछ : राष्ट्रपति भण्डारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु –  राष्ट्रपति विद्यादेवी भण्डारीले ग्याल्पो ल्होसार पर्वले समुन्नत मुलुक निर्माणका लागि अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेकी छन्।

ग्याल्पो ल्होसार, २०७९ को शुभकामना दिँदै उनले सबैलाई एकताबद्ध भएर आर्थिक, सामाजिक र सांस्कृतिक रूपले समुन्नत मुलुक निर्माणका लागि अघि बढ्न प्रेरणा मिलोस् भन्ने कामना गरेकी हुन्।

राष्ट्रपति भण्डारीले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र भएको उल्लेख गरेकी छन् । भण्डारीले पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउने विश्‍वास व्यक्त गरेकी छन्। सन्देशमा भनिएको छ,‘ग्याल्पो ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्‌भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने मैले विश्‍वास लिएको छु।’

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा लगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा ग्याल्पो ल्होसार मनाइन्छ ।