राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षणमा २४ खेलाडी

राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षणमा २४ खेलाडी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- राष्ट्रिय महिला क्रिकेट टोलीको बन्द प्रशिक्षणमा नेपाल क्रिकेट संघ (क्यान)ले २४ खेलाडीहरु छनोट गरेको छ । क्यानले आगामी नोभेम्बर २३ देखि २८ तारिखसम्म मलेसियामा आयोजना हुने महिला टी-२० विश्वकप छनोट प्रतियोगिताका लागि प्रारम्भिक रूपमा २४ खेलाडीलाई छनोट गरेको हो ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा आयोजना हुने महिला टी—२० विश्वकपका लागि एसिया छनोटमा आयोजक मलेसियासहित भुटान, चीन, हङकङ, कुवेत, म्यानमार, युएई र नेपालसहित ८ टोलीको सहभातिा रहनेछ ।

छनोट भएका खेलाडीहरु:

रुबिना क्षेत्री, काजोल श्रेष्ठ, इन्दु बर्मा, अप्सरी बेगम, रोमा थापा, सबनम राई, संगिता राई, सरस्वती चौधरी, अनुराधा चौधरी, सरस्वती गाहा मगर, सुमन खतिवडा, कञ्चन श्रेष्ठ, रेवती धामी,लक्ष्मी साउद, कविता जोशी, डली भट्ट, कविता कुँवर, बिन्दु रावल, ममता चौधरी, सीता राना मगर, ज्योती पाण्डे, बिनु बुढामगर, सरिता मगर र करुणा भण्डारी