ब‌गलादेशसँगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

ब‌गलादेशसँगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाली राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशमा भएको दुई मैत्रीपूर्ण खेलको ट्रफी आफ्नो पक्षमा पारेको छ। घरेलु टोलीलाई दोस्रो मैत्रीपूर्ण खेलमा टाइब्रकेरमा ४–२ ले पराजित गर्दै जित निकालेको हो।

ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा भएको खेल निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय सिधै टाइब्रेकरबाट लिइएको थियो ।

टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दिपा शाही, अनिता केसीको प्रहारले पोष्टको जाली चुम्यो। अञ्जना राना मगरको प्रहार बारमा लाग्दै बाहिरियो।बंगलादेशकी साम्सुनार र मोनिका चक्माको प्रहारले पोष्टको जाली चुम्दा मारिया मण्डा, सेइली अजिमको प्रहार गोलरक्षक अञ्जना रानामगरले बचाईन्।

यो सँगै नेपालले दुई खेलको सिरिज आफ्नो पक्षमा पारेको छ। बंगलादेशलाई उसकै घरेलु मैदानमा हराउँदै नेपालले साफको फाइनलमा भोगेको हारको बदला समेत लिएको छ। नेपाल र बंगलादेशले पहिलो मैत्रीपूर्ण खेलमा १–१ को बराबरी खेलेका थिए।