भारतविरूद्ध नेपालको खराब ब्याटिङ, ३२ रनमा ७ ब्याट्सम्यान आउट

भारतविरूद्ध नेपालको खराब ब्याटिङ, ३२ रनमा ७ ब्याट्सम्यान आउट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- यू १९ एसिया कप अन्तर्गत भारतविरूद्ध नेपालले कमजोर ब्याटिङ गरेको छ।

दुबईस्थित आइसिसी एकेडेमी ओभल २ मा जारी खेलमा भारतले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको स्कोरबोर्डमा ३२ रन मात्रै चढ्दा नेपालका ७ जना ब्याट्सम्यान आउट भएका छन् ।

पाँच ओभरदेखि विकेट गुमाउन थालेको नेपालले दश ओभर चल्दा महत्वपूर्ण ६ विकेट गुमायो। १३औं औभरमा नेपालले आफ्नो सातौं विकेट गुमायो। पहिलोदेखि ६ विकेट गुमाउँदा नेपालले १२ रन मात्र जोड्न सकेको थियो। नेपालले विरुद्ध भारतका तीव्र गतिका बलर राज लिम्बानीले घातक बलिङ गरेका थिए।

पाँचौ ओभरको दोस्रो बलमा नेपालका ओपनर दीपक बोहरालाई भारतका राज लिम्बानीले १ रनमै आउट गरे। नेपालले सातौं ओभरमा दोस्रो बलमा दोस्रो विकेट गुमायो। उत्तम थापा मगर शुन्यमा राजबाटै बोल्ड भए। यस्तै आठौं ओभरमा तेस्रो बलमा अर्जुन कुमाल ७ रनमा क्याच भए।

यस्तै नेपालले कप्तान देव खनाल नवौ पाँचौ बलमा २ रन र दीपक डुम्रे छैटौं बलमा शून्यमा आउट भए। दुवैलाई राज लिम्बानीले पेभिलियनको बाटो देखाए।

दशौं ओभरको पाँचौ बलमा गुल्सन झा ४ रनमा आराध्य शूक्लाको एलबिडब्लूको धरापमा परे। जसका कारण नेपालले १० ओभरमा ६ विकेट गुमाउँदा २१ रन मात्र जोड्यो। सातौं विकेटको रुपमा दीपक बोहरा (बी) १२.५ ओभरमा ७ रन जोडेर आउट भए। त्यतिबेला नेपालले ३२ रन जोडेको थियो।