१ सय ३७ रनमा समेटियो नेदरल्यान्ड्स

१ सय ३७ रनमा समेटियो नेदरल्यान्ड्स

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- आईसीसी विश्वकप लिग२ क्रिकेट अन्तरगत त्रिकोणात्मक शृङ्खलाको दोस्रो खेलमा नेपालले राम्रो बलिङ प्रदर्शन गरेको छ । नेपालले नेदरल्यान्ड्सलाई १ सय ३७ रनमा सीमित गर्न सफल भएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्स ३९ ओभरमा अलआउट भएको हो । नेदरल्यान्ड्सका लागि कप्तान स्कट एडवार्ड्सले सर्वाधिक ३३ रनको योगदान दिए ।