नेदरल्यान्ड्सविरूद्ध पहिले बलिङ गर्दै नेपाल, यी २ खेलाडीलाई राखियो बेन्चमा

नेदरल्यान्ड्सविरूद्ध पहिले बलिङ गर्दै नेपाल, यी २ खेलाडीलाई राखियो बेन्चमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- त्रिकोणात्मक टी-२० क्रिकेट शृङ्खलाअन्तर्गत नेपालले नेदरल्यान्ड्सविरुद्ध पहिला बलिङ गर्ने भएको छ। टियु क्रिकेट मैदानमा नेपालविरुद्ध नेदरल्यान्ड्सले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको हो।

आजको खेलमा नेपालले ओपनर अनिल शाहलाई बेन्चमा राख्दै कुशल भुर्तेल खेलमा फर्किएका छन्। हिजो खेलमा अनिल शाह ओपनिङमा आउँदा भुर्तेल बेन्चमा थिए। यस्तै ललित राजवंशी आज पनि बेन्चमै छन्। यो सिरिजको फाइनलमा पुग्नका लागि नेपाललाई आज जित्नैपर्ने दबाब छ।