भारत र आयरल्यान्डमा फ्रेन्डसिप कप खेल्ने नेपालको टोली घोषणा, को-को परे टिममा ?

भारत र आयरल्यान्डमा फ्रेन्डसिप कप खेल्ने नेपालको टोली घोषणा, को-को परे टिममा ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल क्रिकेट संघ क्यानले आगामी दुई टी-२० सिरिजका लागी नेपाली टोलीको घोषणा गरेको छ । बुधबार क्यानले आयरल्यान्ड र भारतमा हुने टी-२० सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

रोहित पौडेलको कप्तानीमा घोषणा गरिएको टोलीमा पछिल्लोपटक हङहङ भ्रमणमा राम्रो प्रदर्शन गरेका तीव्र गतिका बलर आकाश चन्दलाई समेटिएको छ ।

हङकङ भ्रमणमा नरहेका विकेटकिपर अनिलकुमार शाह पनि नेपालको टोलीमा परेका छन् । नेपालले सोमबार र मंगलबार आयरल्यान्ड ‘ए’सँग टी-२० खेल्नेछ । त्यसपछि नेपाल भारतमा जानेछ । फ्रेन्डसिप कपमा नेपाल, गुजरात र बरोडाबीच त्रिकोणात्मक टी २० आई सिरिज हुनेछ ।

नेपालको टोली

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा र आकाश चन्द ।