क्यानडालाई हराउदैँ अर्जेन्टिना लगातार कोपा अमेरिकाको फाइनलमा

क्यानडालाई हराउदैँ अर्जेन्टिना लगातार कोपा अमेरिकाको फाइनलमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ।

बुधबार बिहान मेटलाइफ स्टेडियम, न्यू जर्सीमा भएकोखेलमा क्यानडालाई २ ० गोलले हराउदैँ अर्जेन्टिना लगातार कोपा अमेरिकाको फाइनलमा पुग्न सफल भएको हो ।

खेलको २३औं मिनेटमै जुलियन अल्भारेजले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाएका थिए। उनले रोड्रिगो डे पाउलको पासलाई सदुपयोग गरे। ५१औं मिनेटमा एन्जो फर्नान्डेजको पासमा कप्तान लिओनल मेसीले गोल गर्दै अग्रता दोब्बर बनाएका हुन्।