एभरेष्ट महिला भलिबल लिगमा काठमाण्डुको पहिलो जीत

एभरेष्ट महिला भलिबल लिगमा काठमाण्डुको पहिलो जीत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – एभरेष्ट महिला भलिबल लिग (ईडब्ल्यूभी) मा काठमाण्डु स्पाइकर्सले पहिलो जीत दर्ता गरेको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आईतबार भएको खेलमा काठमाण्डुले मधेश युनाइटेडलाई ३–१ को सेटले पराजित गरेको हो ।

पहिलो सेट २६–२४ ले आफ्नो पक्षमा पारेको काठमाण्डुले दोस्रो सेट २३–२५ ले मधेशलाई सुम्पिएको थियो ।

तेस्रो र चौथो सेटमा पुनरागमन गर्दै काठमाण्डुले लिगमा पहिलो जीत दर्ता गरेको हो । काठमाण्डुले तेस्रो सेट २५–२३ र चौथो सेट २५–१९ ले आफ्नो पक्षमा पार्‍यो ।

काठमाण्डु र मधेश आफ्नो पहिलो खेलमा ललितपुर क्विन्ससँग पराजित भएका थिए । मधेशले दोस्रो खेलमा शनिबार पोखरा निन्जाजलाई हराएको थियो ।

आईतबारको दोस्रो खेल पोखरा निन्जाज र लुम्बिनी लाभाजबिच हुनेछ । इन्फनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौं २८ गतेसम्म चल्नेछ ।