वेस्टइन्डिज र नेपालबीचको अन्तिम खेल आज हुँदै

वेस्टइन्डिज र नेपालबीचको अन्तिम खेल आज हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – २ पटकको विश्वकप विजेता वेस्टइन्डिज र नेपालबीचको टी–२० सिरिज युनिटी कपअन्तर्गत अन्तिम खेल आज हुँदैछ ।

खेल मंगलबार राति सवा ८ बजे यूएईस्थित शाहजाह क्रिकेट स्टेडियममा हुनेछ ।

नेपालले सिरिजको उपाधि जितिसकेको छ । लगातार २ खेलमा शानदार जीत दर्ता गर्दै उपाधि जितिसकेको नेपाललाई मंगलबार सिरिज ‘क्लिन स्विप’ गर्ने मौका रहेको छ ।

टी–२० विश्वकप छनोटको तयारीमा रहेको नेपालले पहिलोपटक टेस्ट राष्ट्रसँग सिरिज खेलेको छ ।