काठमाण्डु – नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले मित्रराष्ट्र माल्दिभ्समा माघ २१ गतेदेखि २७ गतेसम्म हुन गइरहेको काभा भलिबल क्लब च्याम्पियनसिप वुमन्स २०२६ मा सहभागी हुने नेपाल प्रहरीको महिला भलिबल टोलीलाई शुभकामनासहित बिदाइ गरेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालयमा आईतबार आयोजित कार्यक्रमबिच प्रहरी महानिरीक्षक कार्कीले नेपाल प्रहरीको महिला भलिबल टोलीलाई बिदाइ गरेका हुन् । टोलीमा १४ जना खेलाडी र ४ जना अफिसियल रहेका छन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले महिला भलिबल टोलीले नेपाल प्रहरीको मात्र नभई सिंगो नेपाल र नेपालीको प्रतिनिधित्व गरेको उल्लेख गर्दै प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी अन्तर्राष्ट्रिय स्तरमा देश र संगठनको गौरव बढाउन सम्पूर्ण खेलाडी तथा प्रशिक्षकहरूलाई शुभकामना समेत दिए ।
कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया