कप्तान निरु र मनमायाले पनि गरे सन्यासको घोषणा


काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टिमका कप्तान निरु थापाले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेकी छिन् । सोमबार पोखरा रंगशालामा १३औं सागको फाइनल खेलपछि अन्तराष्ट्रिय खेलबाट सन्यास लिएकी हुन् ।

यस्तै, मनमाया लिम्बूले पनि अन्तराष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेकी छिन् । सागअन्तर्गत पोखरा रंगशालामा सोमबार भएको फाइनलमा नेपाल भारतसँग २–० ले पराजित भएको थियो ।

यसअघि नेपाली राष्ट्रिय महिला फुटबल टिमका प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement