नेपाललाई स्कटल्याण्डको प्रतिस्पर्धात्मक लक्ष्य, सन्दीपले लिए ४ विकेट

नेपाललाई स्कटल्याण्डको प्रतिस्पर्धात्मक लक्ष्य, सन्दीपले लिए ४ विकेट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- आईसीसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा स्कटल्याण्डले नेपाललाई प्रतिस्पर्धात्मक लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्टिय त्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको स्कटल्याण्डले ४६.१ ओभरमा १० विकेट गुमाउँदै २१२ रन बनाएको छ ।

स्कटल्याण्डका लागि जर्ज मुन्सेले अर्धशतकिय पारी खेले । उनले ५० बलमा ९ चौका र २ छक्काको मद्धतमा ६० रनको योगदान दिए । ओपनर काइल कोट्जरले २२ रन बनाउँदा क्रिस्टोफर म्याकब्राइडले पनि समान २२ रन जोडे ।

कप्तान रिची बेरिंगटन शून्य रनमै आउट हुँदा विकेटकिपर म्याथ्यू क्रसले ४२ रन, टमस स्कट साबटर म्याकिन्टोसले १ रन, ब्रान्डन म्याकमुलेनले ३१ रन, क्रिस ग्रीव्सले ७ रन, मार्क वाटले ८ रन र सफायान शरीफले ८ रन जोडे । माइकल लीस्क शून्यमै आउट भए ।

नेपालका लागि पूर्वकप्तान सन्दीप लामिछानेले चार विकेट लिए । करण केसीले तीन विकेट लिँदा कुशल मल्ल र ललित राजवंशीको नाममा एक/एक विकेट रह्यो ।